१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एपिएफको लगातार दोस्रो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४२:oo

एपिएफ क्लबले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजना भइरहेको प्रतियोगिताको बिहीबारको खेलमा एपिएफले नेपाल आर्मीलाई ३–२ को रोमाञ्चक सेटमा हरायो ।

एपिएफकी निरुता ठगुन्ना ‘प्लेयर अफ दी म्याच’ भइन् । दुई खेलमा आर्मीको लगातार हार हो । पहिलो दिन आर्मी न्यु डायमन्डसँग ३–१ ले पराजित भएको थियो । नेपाल प्रहरी क्लबले पहिलो जित दर्ता गर्‍यो । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा प्रहरीले साबिक विजेता न्यु डायमन्डलाई ३–१ को सेटमा हरायो ।

पहिलो खेलमा प्रहरी एपिएफसँग ३–१ ले चुकेको थियो । दुई खेलमा न्यु डायमन्डको पहिलो हार हो । प्रहरीकी कोपिला राना ‘प्लेयर अफ दी म्याच’ बनिन् । शुक्रबार हुने पहिलो खेलमा प्रहरीले आर्मीको सामना गर्नेछ । अर्को खेलमा न्यु डायमन्डले एपिएफविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

ad
ad