१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

केही विभाजित मनस्थितिका व्यक्तिले दिएकाे नयाँ दल दर्ताकाे निवेदन अवैधानिक : जसपा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १६:२o:oo

जनता समाजवादी पार्टी नेपालले आइतबार दल विभाजनसम्बन्धी निर्वाचन आयोगमा दिएको निवेदन अवैधानिक भएको बताएको छ।

जसपाका प्रवक्ता मनीषकुमार सुमनले सोमबार विज्ञप्तिमार्फत जसपा विभाजनसम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भ्रममा नपरी सबै केन्द्रीय सदस्यलाई पार्टीले तोकेको आ–आफ्नो जिम्मेवारीमा लाग्न आग्रह गरेका छन्।

प्रवक्ता सुमनले हाल संसद् अधिवेशन आह्वान भएको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज भइसकेको उल्लेख गर्दै दल विभाजनको हल्ला केही विभाजित मनस्थितिका व्यक्तिले निर्वचन आयोगमा दिएको निवेदन अवैधानिक भएको स्पष्ट पारेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘यस दलको बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न अनुरोध छ।’

आइतबार जसपाका कार्यवाहक अध्यक्ष एवं सांसद अशोक राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्य मूल पार्टीबाट अलग भई नयाँ दल गठनको प्रक्रियामा लागेका छन्।   

 


 

ad
ad