१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १ बुधबार १८:४८:००
Read Time : < 1 मिनेट
समाचार

कर्मचारीको कार्यशैली परिवर्तन नभइ मुलुकको समृद्धि हुँदैन : उद्योगमन्त्री यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १ बुधबार १८:४८:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कर्मचारीहरुको कार्यशैलीमा परिवर्तन नभएसम्म मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनै नसकिने बताएका छन् ।

मन्त्री यादवले सरकारले लिएको समृद्धिको राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई सचेत गराए । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३२ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न कर्मचारीहरु प्रतिवद्ध हुनुपर्ने स्पष्ट पारे । उहाँले कर्मचारीहरुले नदीमा आएको छालजस्तो गतिविधि गर्न नहुने पनि दोहो-याए ।

मन्त्री यादवले कर्मचारीहरुले शासक नभई जनताको सेवकको रुपमा काम गर्नुपर्ने पनि बताए । नेता र कर्मचारीले शासक र प्रशासकको रुपमा काम गर्ने गरेकाले जनताले आफ्नो सेवा पाउन नसकेको मन्त्री यादवको स्वीकारोक्ति छ ।