Skip This
कैलाली कारागार झडप प्रकरण  : थुनुवा कक्षमा जान सकेनन् सुरक्षाकर्मी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
२o८२ श्रावण २४ शनिबार १४:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली कारागार झडप प्रकरण  : थुनुवा कक्षमा जान सकेनन् सुरक्षाकर्मी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार १४:४४:oo

कैदीबन्दीबिच झडपको घटनापछि कैलाली कारागारभित्र कैदीबन्दी बस्ने सुरक्षाकर्मी जान सकेका छैनन्। शुक्रबार राती कारागाभित्र भएको झडपमा एक जनाको मृत्यु हुनुका साथै कम्तीमा ४७ जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर छ।

घटनापछि शनिबार बिहान कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा, शसस्त्र प्रहरी उपरीक्षक सुरेन्द्रराज रञ्जितसहितको टोली कारगार गएको थियो। तर कैदीबन्दीले थुनुवा कक्षको मुल गेटमा ग्याँस लिसिण्डेर तेस्र्यार आलो लगाउने चेतावनी दिएपछि प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली थुनुवा कक्षमा जान सकेको थिएन् । 

थुनुवा कक्ष बाहिर ठूलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। कैदीबन्दीले बिहानैबाट थुनुवा कक्षमा सुरक्षा निकायलाई जान दिएका छैनन् । ‘कारागारभन्दा पनि अहिले हामी घाइतेको उपचारमा लागेका छौँ’ प्रहरी उपरीक्षक राणाले भने । राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि अहिले कारागार पुगेको छ । तर टोलीलाई पनि भित्र जान दिइएको छैन । झडपमा परेर धनगढी उपमहानगरपालिका–४, का कैदी भरत चौधरीको मृत्यु भएको छ।

घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तीन गम्भीर घाइते तीनमध्ये दुई जनालाई आइसीयुमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अस्पतालमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । घटनाबारे प्रहरी र प्रशासनले अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

छानविन समिति गठन
कैदीबन्दीबीच भएको झडप घटनाको अनुसन्धानका लागि छानविन समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हमालको अध्यक्षतामा बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह सदस्य तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव राखिएको छ। समितिलाई घटनाको छानविन गरेर १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।