१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025
२o८२ बैशाख १६ मंगलबार १६:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा वैशाख २३ देखि जेठ ५ सम्म औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार १६:४७:oo

धनकुटामा यही वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने भएको छ । मंगलबार आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले पत्रकार सम्मेलनको आयोजना गरी औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने जानकारी गराएको हो ।

धनकुटा नगरपालिका– ५ स्थित तल्लो टुँडिखेलमा प्रदर्शनी तथा उत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजना तथा कोशी प्रदेश सरकार, धनकुटाका स्थानीय तह र पर्यटन कार्यालय धरानको सहयोगमा मेला हुन लागेको हो । 

मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्री–वितरणका साथै मनोरञ्जनात्मक प्रस्तुतिहरू रहने घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । मेलामा घरेलु उत्पादन, सांस्कृतिक र स्थानीय खानाका परिकारका ३५ वटा स्टल रहनेछन् । 

प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ लाई सहयोग पुग्ने गरी प्रदर्शनी तथा उत्सव गर्न लागिएको मेला आयोजक समितिका संयोजक विजयसन्ताेषी राईले बताए । आयोजक समितिका संयोजक राईका अनुसार कोशीको गौरव हिमालको सान पर्यटन वर्षमा सबैलाई सम्मान भन्ने मूल नाराका साथ घरेलु उत्पादनको प्रवर्द्धन एवं पर्यटन तथा जातीय परिकार प्रवर्द्धनका लागि मेला हुन लागेको बताइएको छ ।