मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १५ शुक्रबार
  • Monday, 31 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १५ शुक्रबार १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजावादीकाे आन्दोलन परिचालन समितिले भन्यो- अशान्त वातावरणको जिम्मा सरकारले लिनुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १५ शुक्रबार १८:१४:oo

राजावादीहरूकाे संयुक्त जनआन्दोलन परिचालन समितिले तोडफोड र लुटपाटलगायतका सबै घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएको छ।

समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै कार्यक्रम स्थलमा नेतृत्व गणलाई आउने समयसमेत नदिई घुसपैठ र दमन गरेका कारण अशान्त वातावरण सिर्जना भएको जनाएका छन्।

शान्तिपूर्ण र भद्र अवज्ञा आफूहरूको नीति रहेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘सरकारले लिने दमनपूर्ण नीति र घुसपैठियाहरूमार्फत सञ्चालन गरिने प्रतीकारात्मक गतिविधिका विरुद्ध यो आन्दोलन अब सरकारले तोकिदिएको क्षेत्रमा मात्रै सीमित नरहने तथ्य पनि चेतावनीपूर्ण रूपमा जानकारी दिन चाहन्छौँ।’

देश संक्रमणकालमा प्रवेश गरेको दाबी गर्दै समितिले सर्वपक्षीय वार्ताको आह्वान गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘पुरानो संसदीय व्यवस्थावादीहरूले नयाँ सहमतिको मार्गप्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने निश्चित रहेकाले तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरूसमेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिनसमेत आह्वान गर्दछौँ।’

घाइते आन्दोलनकारी र प्रहरीको तत्काल निःशुल्क उपचार गर्न तथा क्षति पुगेका व्यवसायीहरूका लागि क्षतिपूर्तिको व्यवस्थासमेत समितिले सरकारसँग माग गरेको छ।