मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १८ सोमबार १२:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्यमा नयाँ रेकर्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १२:५४:oo

अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, अकासिँदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च अंकको पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको छ ।

आइतबार प्रतितोला रु. एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य आज तोलामा रु. एक हजार एक सय बढेर रु. एक लाख ७७ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु. १० बढेर रु. दुई हजार ३५ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।