
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको घटनाको छानबिन गर्न न्यायिक आयोग बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले घटनाको सत्यतथ्य बाहिर ल्याउन न्यायिक आयोग बनाउन माग गरेका हुन् ।
उनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूलाई सहिद घोषणा गर्न माग गरे । १५ गतेको आन्दोलनमा आन्दोलनकारीले मात्रै ज्यादती नगरेको बताउँदै लिङ्देनले राज्यले पनि नागरिकमाथि ज्यादती गरेको बताए ।