मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १९ मंगलबार १९:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खैरो हेरोइनसहित हेटौँडाबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार १९:o४:oo

मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित हेटौँडाबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का २४ वर्षीय राज श्रेष्ठ रहेका छन्।

उनको साथबाट ७ ग्राम ३७० मिलिग्राम खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार प्रहरी चौकी रातमाटेको टोलीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ मा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०८–००१ ज ००१९ नम्बरको इभी गाडीमा जाँच गर्दा गाडीमा सवार श्रेष्ठको साथबाट उक्त परिणामको खैरो हेरोइन फेला परेको हो।

शंकाको आधारमा खानतलासी गर्दा श्रेष्ठले लुकाइछिपाई ल्याएको अवस्थामा खैरो हेरोइन फेला परेको प्रवक्ता अर्यालले बताए। उनलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।