मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १९ मंगलबार o६:२o:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पौडी खेल्ने क्रममा खोलामा डुबेर तीन दाजुभाइको मृत्यु

मामाघर गएका दुई दाजुभाइ मामाको छोरासँगै पौडी खेल्न गएका थिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार o६:२o:oo

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ को सिस्नेरी खोलामा सोमबार पौडी खेल्ने क्रममा डुबेर तीन दाजुभाइको मृत्यु भएको छ । काभ्रे नमोबुद्ध नगरपालिका– १० घर भई इन्द्रसरोवर– ३ डोढारेस्थित मामाघर घुम्न गएका दुई दाजुभाइ र उनीहरूका मामाका छोराको डुबेर मृत्यु भएको हो ।

डोढारेका सुन्दर आचार्यका छोरा १४ वर्षीय सुशान्त तथा काभ्रे नमोबुद्ध– १०, फूलबारी दाप्चाका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रभात घोरासैनीको मृत्यु भएको मकवानपुर प्रहरीका इन्स्पेक्टर ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । घोरासैनी दाजुभाइ परीक्षा सकेर मामाघर घुम्न गएका थिए । प्रमेश र सुशान्तले कक्षा ८ तथा प्रभातले कक्षा ६ को परीक्षा दिएका थिए । 

इन्स्पेक्टर सापकोटाका अनुसार डुबेर अचेत अवस्थामा रहेका उनीहरूलाई सोमबार साँझ ४ः४५ बजे उद्धार गरिएको थियो । तर, ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । खोलाको पानी जमेर बनेको दहमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका थिए ।