मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका तुलसीपुर
२o८१ चैत १८ सोमबार १३:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, तुलसीपुर
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १३:१५:oo

आजदेखि दाङको तुलसीपुर– १२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ । 

अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिए । उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताए । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यसपटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो । 

उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठुला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगन्ज जानुपर्ने अवस्था रहेको छ । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ ।