मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका वासिङ्टन
२o८१ चैत १८ सोमबार १३:२३:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकी करनीति सबै देशका लागि : ट्रम्प 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १३:२३:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देश मात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहेको र यो अप्रिल २ देखि लागू गरिनेछ । ‘कर वृद्धि सबै देशहरूबाट सुरु हुनेछ, त्यसैले हेरौँ के हुन्छ,’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई भने । 

करनीति कुन–कुन देशमा लागू गरिनेछ भन्ने प्रश्नमा उनले भने, ‘मैले १० वा १५ वटा देशको बारेमा मात्रै भन्ने सञ्चारमाध्यममा हल्ला सुनेको छु। त्यसो होइन । मूलतः हामीले कुरा गरिरहेका सबै देशसहित सबै देशका बारेमा अमेरिकी अतिरिक्त करनीति (कर समायोजन) लागू हुनेछ । कटौती होइन ।’ 

‘ट्रम्पको आगामी करनीतिले संयुक्त राज्य अमेरिकासँग निरन्तर व्यापार असन्तुलन भएका ‘डर्टी १५’ भनिने १५ प्रतिशत साझेदारहरूलाई लक्षित गर्ने अपेक्षा गरिएको थियो,’ अमेरिकी अर्थमन्त्रीस्कट बेसेन्टले भने । 

लक्ष्यलाई फराकिलो बनाए पनि राष्ट्रपति ट्रम्पले आफ्नो कर संयुक्त राज्य अमेरिकाविरुद्ध लगाइने करभन्दा बढी ‘उदार’ हुने दाबी गरेका छन् । उनले भने, ‘यी देशहरूको हाम्रा लागि भन्दा यो कर धेरै उदार हुनेछ ।’ 

ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा कर लगाइसकेका छन् भने चीनबाट आयात हुने सामानमा थप कर लगाइसकेका छन् । आयातित सवारीसाधन (कार)मा पनि अप्रिल ३ देखि अतिरिक्त कर लागू हुनेछ । ट्रम्पका प्रमुख व्यापार सहयोगी पिटर नाभारोले चारपांग्रे सवारीसाधनको आयातमा लगाइएको करले वार्षिक १०० अर्ब डलर उठाउन सक्ने दाबी गरेका छन् । ‘यसबाहेक, अन्य करबाट वार्षिक लगभग ६ खर्ब डलर उठ्नेछ र यो १० वर्षको अवधिमा करिब ६ ट्रिलियन डलर हुनेछ,’ नाभारोले फक्स न्यु सन्डेसँग भने । 

पारस्परिक ट्यारिफको एक विस्तृत शृंखला जारी गर्ने ट्रम्पको योजनाले विश्वव्यापी व्यापार युद्धको खतरा छ । करनीतिबाट प्रभावित हुने देशहरूले पहिले नै प्रतिकार गर्ने प्रतिज्ञा गरेका छन् । अर्थशास्त्रीहरूले ट्रम्पको व्यापक कर वृद्धिको नीतिले मुद्रास्फीतिलाई बढावा दिने र मन्दीलाई बढाउने चेतावनी दिएका छन् ।

ट्रम्पले सरकारी राजस्व बढाउने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रूपमा आफ्नो सरकारको करनीतिको बचाउ गरेका छन् ।