मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
फाइल तस्बिर
रासस काठमाडौं
२o८१ चैत ६ बुधबार १५:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दशरथचन्द विश्वविद्यालय यथाशीघ्र स्थापना गर्न सांसदको माग

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १५:४८:oo

राष्ट्रिय सभाको आज बुधबारको बैठकमा सांसद तारामान स्वाँरले ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापनासम्बन्धी कामलाई यथाशीघ्र अगाडि बढाउनुपर्ने माग गरेका छन्।

बैठकको शून्य समयमा उनले सरकारले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको एक वर्षभन्दा बढी भएको भन्दै हालसम्म प्रक्रिया अघि नबढ्नु चिन्ताको विषय भएको बताए। विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको बताउँदै प्रतिनिधिसभाको शिक्षा समितिमा उक्त विधेयक विचाराधीन रहेको उनले उल्लेख गरे।

सांसद स्वाँरले भने, ‘शिक्षा समितिमा विचाराधीन अवस्थामा रहेको पनि महिनौँ बितिसकेको छ, तर यस सम्बन्धमा जुन तीव्रताका साथ काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन । यसमा ढिलासुस्ती हुनुको कारण के हो ? संसद्लाई जानकारी होस्।’

सांसद तुलसाकुमारी दाहालले हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकारसँग माग गरिन्। उनले हवाईसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको प्रोटोकल र अन्तर्राष्ट्रिय नागरिक उड्ययनसँग सम्बन्धित मापदण्डअनुरूप सरकारले हवाई क्षेत्रलाई व्यवस्थित गर्न हवाई नीति पारित गर्नुपर्ने बताइन्। उनले नेपाल हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन क्षेत्रका दुईवटा विधेयक राष्ट्रिय सभामा दर्ता भइसकेको जानकारी दिइन्।