मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ६ बुधबार १८:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बजार बन्द हुनुअघिको १५ मिनेटसम्मको औसत मूल्यलाई अन्तिम मानिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १८:४५:oo

अब नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बजार बन्द हुनुअघिको १५ मिनेटमा कायम मूल्यको औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने भएको छ।

मंगलबारको सञ्चालक समितिले गरेको यो निर्णय ७ चैत (भोलि)बाट लागू हुने नेप्सेले जानकारी दिएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली, (चौथो संशोधन) २०८१ अनुसार यस्तो निर्णय भएको हो।

नियमित कारोबार सत्रमा अपराह्न २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने नेप्सेले सूचनामार्फत जानकारी गराएको छ। उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने छ।

हालसम्म नेप्सेले अपराह्न ३ बजेदेखि ३.०५ बजेसम्मको औसत मूल्यलाई आधार मान्ने व्यवस्था छ।