मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
२o८१ चैत ६ बुधबार २१:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पृथ्वीनारायण क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन १० चैतमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार २१:३६:oo

पृथ्वीनारायण क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन १० चैतमा हुने भएको छ। यसअघि मंगलबारका लागि तय भएको निर्वाचनको समानुपातिकतर्फको मतपत्रमा अखिल छैटौँको चुनाव चिह्न छुटेका कारण निर्वाचन रोकिएको थियो।

मंगलबार रोकिएको निर्वाचन कार्यक्रम बुधबार गर्ने भनिएकोमा मंगलबार साँझ स्ववियु निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैटाैँ र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेपछि पुनः दोस्रोपटक निर्वाचन रोकिएको थियो।

बुधबार स्ववियु निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ, संगठन र स्वतन्त्र उम्मेदवारहरूबिच भएको सर्वपक्षीय बैठकले रोकिएको निर्वाचन १० चैतमा गर्ने निर्णय गरेको निर्वाचन समिति संयोजक प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार १० चैत बिहान ८ बजेबाट दिउँसो ४ बजेसम्म क्याम्पसपरिसरभित्र मतदान हुने, निर्वाचनका लागि ७ चैतको राति १२ बजेदेखि मौन अवधि लागू हुने उनले जानकारी दिए।

नौ हजार २७० जना मतदाता रहेको क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। 

विवादका कारण यसअघिका दुई निर्वाचनसमेत भएको थिएन                                                 पोखराको पृथ्वीनारायण क्याम्पस देशभरका क्याम्पसहरूमध्येमा सबैभन्दा धेरै विद्यार्थीहरू अध्य्यन गर्ने क्याम्पसको रूपमा चिनिन्छ। हाल क्याम्पसमा १२ हजार ५०० विद्यार्थी अध्ययनरत छन्।

विद्यार्थी संख्यासँगै त्रिविअन्तर्गत देशकै ठुलो आंगिक क्याम्पसको रूपमा समेत रहेको पृथ्वीनारायणमा २०६५ सालपछि स्ववियु निर्वाचन हुन सकेको छैन। विवादका कारण यसअघि २०७३ र २०७९ सालमा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको हो।

०७३ सालमा विद्यार्थी संगठनहरूबिचको विवादका कारण र ०७९ सालमा उम्मेदवार र निर्वाचनको विषयलाई लिएर अदालतसँगै निर्वाचन समितिमा परेको उजुरी एवं विवादका कारण निर्वाचन हुन नसकेको हो।