मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
सौरभ यादव राजविराज
२o८१ चैत ६ बुधबार १९:१७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार हटाउने निर्णय कार्यान्वयनमा रोक

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १९:१७:oo

सर्वोच्च अदालतले मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार भगवान ठाकुरलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न मधेश प्रदेशका मुख्यमन्त्री एवं मधेश कृषि विश्वविद्यालयका कुलपतिसमेतका नाममा अन्तरिम आदेश जारी गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बताए।

२० फागुनमा बसेको विश्वविद्यालय सिनेट बैठकले मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैधनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई हटाउने निर्णय गरेको थियो।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीनसदस्यीय समितिले ७ असोजमा बुझाएको प्रतिवेदनअनुसार उनीहरू विश्वविद्यालयको अनधिकृत गतिविधिमा संलग्न रहेको भन्दै सिनेटले दुवैजनालाई बर्खास्त गर्ने निर्णय गरेको थियो। तत्कालीन जसपा नेपाल नेतृत्वको सरकारले २१ मंसिर ०८१ मा विश्वविद्यालयको उपकुलपतिमा डा. महतोलाई नियुक्त गरेको थियो। त्यसको केही दिनपछि रजिस्ट्रारमा ठाकुर नियुक्त भएका थिए। 

यसअघि सर्वोच्च अदालतले उपकुलपति डा. महतोलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ।