मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत ६ बुधबार १९:oo:oo
Read Time : < 1 मिनेट
सप्तरंग

राजागंजले जित्यो नेदरल्यान्डको हिवोस फ्री टू बी मी अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १९:oo:oo

निर्देशक दीपक रौनियारको राजागंजले २०२५ नेदरल्यान्डको पिंक फिल्म डे महोत्सवमा हिवोस फ्री टू बी मी अवार्ड  जितेको छ। यो पुरस्कार एलजिबिटीक्यू प्लस समुदायका सदस्यहरूको अधिकार र स्वतन्त्रता प्रवर्द्धन गर्ने फिल्महरूलाई प्रत्येक वर्ष प्रदान गरिन्छ। नेपाली फिल्मले पहिलोपटक यो पुरस्कार पाएको हो। 

हिवोसका अन्तरिम निर्देशक मिचल फार्कसले पूजा, सर: राजागंजलाई नेपालको सामाजिक र राजनीतिक परिप्रेक्ष्य : पूजा पात्रको व्यक्तिगत चुनौतीको मार्मिक प्रस्तुति भनेर प्रशंसा गरेका छन्। उनले भने, ‘यो फिल्मले दर्शकलाई अन्त्यसम्म बाँधेर राख्छ।’ 

हिवोस फ्री टू बी मी अवार्डले विशेष गरी ती क्षेत्रका फिल्महरूलाई सम्मानित गर्छ जहाँ एलजिबिटीक्यू समुदायका सदस्यहरूलाई अझैसमेत अपहेलना र डरको सामना गर्नुपर्छ। यसअघि २०२४ मा एएसओजी (फिलिपिन्स) र २०२१ मा भ्यालेन्टिना (ब्राजिल) जस्ता फिल्महरूले यो पुरस्कार जितेका थिए।

रौनियाले २८ मार्च २०२५ मा एम्स्टर्डमको केटेलहुइसमा आयोजित विशेष समारोहमा पुरस्कार ग्रहण गर्नेछन्। सो अवसरमा फिल्मको प्रदर्शन र दर्शकसँग अन्तर्क्रिया हुनेछ।

पुरस्कारको खबर पाएपछि रौनियारले भने, ‘यसले झनै हौसला थपेको छ।’ राजागंजको  नेपाली दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ र हलमा अक्युपेन्सी दिनहुँ बढी रहेको छ।
२०२५ को २८औँ संस्करणको पिंक फिल्म महोत्सव १९ देखि ३० मार्चसम्म सञ्चालन हुनेछ। जसमा १२० भन्दा बढी फिल्म प्रदर्शन गरिनेछन्।