मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचित टोली
२o८१ चैत ६ बुधबार १९:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेका तीन क्याम्पसमा अनेरास्ववियु विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १९:o२:oo

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत बाँकेको तीनवटा क्याम्पसमा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विजयी भएको छ।

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस र खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको सभापतिमा अनेरास्ववियु विजयी भएको हो।

महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियु प्यानल नै विजयी हुँदा सभापतिमा केशरजंग शाही ७२ मत अन्तरका साथ निर्वाचित भएका छन्। उनले ५९९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका हरेन्द्रबहादुर विकले ५२७ मत पाएका निर्वाचन समितिले जनाएको छ। नेपाल विद्यार्थी संघका सन्तोष रावलले ३६४ र समावेशी विद्यार्थी समूहका निशान थारूले १६० मत प्राप्त गरे।

सचिव र कोषाध्यक्षमा क्रमशः चिरञ्जीवी बुढा र सुरेन्द्र रावल विजयी भएकाे निर्वाचन समितिले जनाएको छ। सदस्यहरूमा अमिश विक, बन्दना थारू, अंकितकुमार यादव, टक्क रोकाया, निरज यादव, राजीव शाह, शिशिर सुवेदी र गोपाल आउजी निर्वाचित भएका छन्। ४ हजार ६६० मतदाता रहेको महेन्द्र बहुमुखी क्याम्पसमा १ हजार ६९८ मत खसेको थियो।

यसैगरी, नेपालगन्ज नर्सिङ क्याम्पसमा पनि अनेरास्ववियुको प्यानल नै विजयी भएको छ। मंगलबार राति सम्पन्न मतगणनामा अनेरास्ववियुकी देवर्चना अधिकारी २३४ मतसहित सभापतिमा निर्वाचित भएकी हुन्। उनले नेपाल विद्यार्थी संघकी सुरेशमा थारूलाई पराजित गरेकी हुन्।

अनेरास्ववियुले सचिव, कोषाध्यक्षसहित सबै पद जितेको छ। सचिवमा ईशा पौडेल, कोषाध्यक्षमा अस्मिता सिंह निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरूमा स्मृति घिमिरे, सूचना धिताल, निलम सुनार, एन्जल शाही र यशोदा खड्का निर्वाचित भएकाे निर्वाचन समितिले जनाएको छ।

उता, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सर्बिन महतो विजयी भएका छन्। उक्त क्याम्पसमा अनेरास्ववियु र नेविसंघको गठबन्धन रहेको थियो। महतोले ११२ मत प्राप्त गरेका छन्।

यस्तै, सचिवमा सविनकुमार खत्री र कोषाध्यक्षमा ममता कार्की निर्वाचित भएका छन्। सचिव र कोषाध्यक्षमा निर्वाचित दुवैजना नेविसंघ सम्बद्ध हुन्। यसैगरी, सदस्यहरूमा कसिस लामा, निरुता रावत र आस्थाकुमारी थारू निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ। सदस्यमा निर्वाचित भएकामध्ये लामा र रावत अखिल तथा थारू नेविसंघ सम्बद्ध हुन्।

अखिल क्रान्तिकारी नेतृत्वको संयुक्त प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार मोहम्मद आसिफ साईंले ६४ मत प्राप्त गरे। कुल २०१ मतदाता रहेकोमा यहाँ १७७  मत खसेको थियो।