मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ६ बुधबार १८:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपक्षी दलको चेतावनीपछि राष्ट्रिय सभा बैठक स्थगित

तीन महले नै नराखी सरकारले संसदलाई छल्न खोज्यो : भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १८:३४:oo

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ तीन महलेसहित नआएकोमा प्रतिपक्षी दलहरूको विरोध र सभा बाहिष्कार गर्ने चेतावनीपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। विपक्षी दलहरूको विरोधपछि राष्ट्रिय सभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित भएको हो।

विपक्ष दलका सांसदहरूले सरकारको नियत ठिक नभएको बताएका आरोप लगाएका छन्। विधेयकहरू महलेसहित नआएपछि आफूहरूले विरोध जनाएको एकीकृत समाजवादीका राष्ट्रिय सभाका नेता डा. बेदुराम भुसालले बताए।

‘प्रक्रिया र विधि मिचेर नियतवश ल्याइएका अध्यादेशहरूको विरोध भइरहेको अवस्थामा अध्यादेशका प्रतिस्थापन विधेयक ल्याउँदा छलछाम गर्ने गरी तीन महले नै नराखी संशोधन विधेयक ल्याएबाट सरकारले संसद्लाई छलेर कानुन बनाउन खोजेको देखिन्छ,’ भुसालले भने।