मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २६ सोमबार १५:२o:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाली चेस टोली श्रीलंका प्रस्थान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार १५:२o:oo

विश्व चेस फेडेरेसन (फिडे) र एसियन चेस फेडेरेसन (एसिएफ)को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेसनको आयोजनामा सञ्चालन हुने एसियन जोनल ३.२ चेस च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली श्रीलंकातर्फ प्रस्थान गरेको छ।

आयोजक राष्ट्र श्रीलंकासहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडीबिच प्रतिस्पर्धा हुने एसियन जोनल ३.२ जोनल कोलम्बोस्थित फ्याकल्टी अफ ग्य्राजुएट स्टडिज युनिभर्सिटीको हलमा ११ मार्चदेखि १८ मार्चसम्म सञ्चालन हुनेछ।

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय च्याम्पियनको हैसियतमा २५औँ नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र १०औँ महिला नेपाल च्याम्पियन सिन्दिरा जोशीलाई हवाई टिकटको सुविधासहित अन्य सम्पूर्ण खर्च उपलब्ध गराउँदै सहभागी गराएका छन्।

स्पर्धामा नेपाल द्वितीय पुरुषोत्तम सिलवाल भने दर्ता शुल्कबाहेक अन्य आफ्नै खर्चमा गएका छन्। दक्षिण एसियाली देशको प्रतिष्ठित खेलमा बंगलादेशका २४३१ रेटेड आइएम रहमान मोहम्मद, रेजा निर, २४०२ रेटेड श्रीलंकन आइएम रानिन्दु दिलसान, २३५१ रेटेड आइएम थिलकरथ्ने, पाकिस्तानका २१३१ रेटेड खालिद मफाज, माल्दिभ्सका २१०७ रेटेड पेसन्दु रस्मिता, भुटानका १६१२ रेटेड सिद्धार्थ भण्डारीसहित ३६ जना खेलाडीसँग नेपाली दुई शीर्ष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

महिला विधातर्फ १७४३ रेटेड सिन्दिरा जोशीले श्रीलंकन २१२१ रेटेड डब्लु आइएम डेभिन्ड्या ओसिनी, २०९७ रेटेड बंगलादेशी डब्लु एफएम वाहिदा अहमद, पाकिस्तानका १७११ रेटेड ड्लु एफएम जेनोविया वासिफ, माल्दिभ्सका १६२१ डब्लु सिएम निहाया अहमद, भुटानका १४५७ रेटेट येसे ल्हादेनसहित २१ जनासँग प्रतिस्पर्धा गर्नेछन्। 
 
श्रीलंकाको राजधानीमा हुने नाै चरण स्ट्यान्डर्ड क्लासिकल खेलको पहिलो ४० चालका लागि ९० मिनेटको समय निर्धारण गरेको छ भने ३० मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्ट थप हुने प्रवक्ता राजु ताम्राकारले जानकारी दिए।
 
वर्ल्ड चेस फिडेको अफिसियल बुद्धिचाल प्रतियोगितामा शीर्ष ६ पुरुष र ६ महिला खेलाडीले ६१५० युएस डलरबराबरको पुरस्कार बाँड्नेछन्। जसमा पुरुषतर्फ क्रमशः १५ सय, एक हजार, पाँच सय, तीन सय, दुई सय र १५० डलर प्राप्त गर्नेछन् भने महिलातर्फका विजेताले एक हजार, ६ सय, चार सय, २५० र सय डलर पुरस्कार पाउनेछन्। 
 
यसैबिच, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सहभागी हुने नेपाली बुद्धिचाल शीर्ष खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदबाट बिदाइ गरेका छन्।