मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
२o८१ फाल्गुण २६ सोमबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार १८:२o:oo

अछाममा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मंगलसेन नगरपालिका– ८, सुतुडाकी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया बिनिता बोहरा रहेकाे अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए।

देउरुपा र बिनिता एकै घरका जेठानी–देवरानी हुन्। छिमेकी ९ नम्बर वडाको ओली गाउँस्थित रातोमाटे भन्ने ठाउँमा माटो खन्न गएका उनीहरू माथिबाट खसेको ढिस्कोले पुरिएका थिए। घटनाबारे थाहा पाएलगत्तै उद्धारमा खटिएका स्थानीयले उनीहरूको शव निकालेका हुन्।

अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसहित प्रहरी टोलीले घटनास्थल पुगेर घटनाको अध्ययन थालेको छ। कमजोर भूगोल र लामो समयदेखि स्थानीयले एउटै ठाउँमा माटो खन्ने गरेका कारण घटना भएको अनुमान गरिएको प्रजिअ लम्सालले बताए।