
पाँँच मेगावाट क्षमताको फावा खोला जलविद्युत् आयोजनाको लापरबाहीले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका– २, खाल्टेको एउटा बस्ती नै पहिरोको जोखिममा परेको छ।
शिवानी हाइड्रोपावरले निर्माण गरेको आयोजनाको फोरवेबाट ओभरफ्लो पानी पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने पहरास्थित काबेली नदीको मध्यभागमा झार्दा भिरमा पहिरो गइरहेको छ ।
पहिरो काबेली नदीसम्म झरेको छ। विद्युत् उत्पादन बन्द भएका वेला पनि पहरामा खोला बग्छ। यसले करिब ४० परिवारको बसोबास रहेको खाल्टे बस्ती नै जोखिममा परेको छ। पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुहाेस् ।
हेर्नुस् भिडियाे रिपाेर्ट :