मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
२o८१ फाल्गुण २६ सोमबार १२:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजतन्त्रको पक्षमा माहोल छैन : सभापति देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार १२:५२:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा बोल्दै सो कुरा बताएका हुन् ।

उनले राजतन्त्रको पक्षमा माहोल नदेखिएको बताएका हुन् । हिजो काठमाडौंमा राजावादीले गरेको प्रदर्शनबारे बोल्दै सभापति देउवाले हिजो काठमाडौंमा केही नभएकोसमेत बताए । कसैले उचालेर सरकार नउचालिने बताए । देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए ।

उनले भने, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।’ उनले दुई पार्टीबिच मिलेर बनेको सरकार ०८४ सम्म जाने र कुनै समस्या नभएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सरकार सञ्चालनमा दलहरूबिच कुनै समस्या नरहेको बताएका छन् ।
सभापति देउवासहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका छन् ।