मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २६ सोमबार १५:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वराजालाई माओवादीको सुझाव– गणतन्त्रले पार्टी खोल्ने छुट दिएको छ, संविधानभन्दा माथि कोही छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार १५:o२:oo

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले गणतन्त्रले संविधानअनुसार चल्ने छुट सबैलाई दिएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर खुला राजनीतिमा आउन सुझाव दिएका छन्।

सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले नेपाली जनताले रगतको खोलो बगाएर प्राप्त गरेको संविधानभन्दा माथि कोही नरहेको प्रस्ट पारे।

‘बरु म पूर्वराजा ज्ञानेन्द्र शाहलाई के सल्लाह दिन्छु भने उनले बडो शान्त चित्तले व्यवस्थित ढंगले सोचे हुन्छ कि हिजो उनले शासन गर्दा कुन खालको स्थिति थियो। अहिले गणतन्त्रले त उनलाई छुट दिएको छ नि बोल्नको लागि ।  एउटा पार्टी खोले भयो, नागरिकको हैसियतले पार्टी खोल्न स्वतन्त्र छ। संविधानअनुसार गर्ने सबैलाई छ, संविधानका विरुद्धमा जाने छुट कसैलाई छैन,’ उनले भने।

गणतन्त्रको संवाहक माओवादीका लाखौँ कार्यकर्ता फेरि पनि समाजवाद निर्माणका लागि लामबद्ध भइसकेका भन्दै सापकोटाले कुनै दुस्वप्न नदेख्न चेतावनी दिए।