
बाजुरा जिल्लामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा ट्याक्टरचालक बुढीगंगा नगरपालिका– ४ खोलालवाडाका ३२ वर्षीय पदम रावत रहेका छन्।
खप्तड छेडेदह गाउँपालिका– ५ चिराल्नामा डोगडीबाट बुढीगंगा नगरपालिकातर्फ आउँदै गरेको भे.२त १५८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए।
उनका अनुसार ट्याक्टरको ट्रलीमुनि च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टरमा सवार चालकका छोरा १२ वर्षीय शमशेर रावत भने गम्भीर घाइते भएका छन्। घाइते बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।