
जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको भिरबाट लडेर मृत्यु भएकाको उद्धारका लागि गएका आठजनाको सकुशल उद्धार गरिएको छ ।
आइतबार दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा सोही गाउँपालिका– २ फयाल गाउँका स्थानीय पुसे भण्डारीको भिरबाट लडेर मृत्यु भएको थियो ।
भिरबाट लडेका भण्डारीको उद्धारका लागि गएका सोही गाउँका आठजना स्थानीयसहित सुरक्षाकर्मी रातभर भिरको फेदीमा रहेको कर्णाली नदीको किनारमा रोकिएकाको र र्याफ्टिङमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
भिरबाट लडेर मृत्यु भएका भण्डारीको उद्धारमा गएका स्थानीय र प्रहरीको आज बिहान हिमाली गाउँपालिकाको धुलाचौरबाट र्याप्टिङ ल्याएर सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए । उनका अनुसार आइतबार राति भिरबाट लडेर एकजनाको मृत्यु भएको खबर आए पनि राति भइसकेको र भिरबाट शव ल्याएर फर्किन सकिने अवस्था नभएकाले उनीहरू घटनास्थलमै वास बसेको बताए। आज अहिले कर्णाली नदीमा र्याप्टिङको सहायताले सबैको सकुशल उद्धार गरिएको छ ।
माछा मार्न गएका वेला भण्डारी हाँडे भिरबाट लडेका हुन् । मृतकको कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।