मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २० मंगलबार
  • Tuesday, 04 March, 2025
२o८१ फाल्गुण २० मंगलबार १८:१५:oo
Read Time : < 1 मिनेट
समाचार

फेवातालमा फसेका तीनजनाको सशस्त्र प्रहरीद्वारा उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २० मंगलबार १८:१५:oo

पोखराको फेवातालमा फसेका तीन जनाको  सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्दार गरेको छ ।

    बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४३ वर्षिय राजन उप्रेती, ४५ वर्षिय केशव दाहाल र ४७ वर्षिय विष्णुहरी दाहाल प्याडल बोटमा बोटिङ्ग गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण फेवातालमा फसेका थिए ।

  जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल  नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले मोटर बोटको सहायताले  उनीहरुको सकुशल उद्दार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।