मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Saturday, 22 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १० शनिबार o९:o२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

व्यवसायी श्रेष्ठको  ‘व्यक्तित्व योगदान’ पुस्तक सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार o९:o२:oo

चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘व्यक्तित्व योगदान’ सार्वजनिक भएको छ । शुक्रबार प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रमबिच ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गरेका हुन् । 

पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यावसायिक क्षेत्र र चेम्बर अफ कमर्सको संस्थागत विकासमा योगदान दिएका श्रेष्ठको व्यक्तित्व र कृतित्व नयाँ पुस्ताका लागि प्रेरणादायी हुने बताए ।

प्रधानमन्त्री ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट पारे । हिजो सँगै रहेर मस्यौदा गरेका केही मान्छेहरूले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन हुन लाग्यो भनेर सामाजिक सञ्जालमा विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको उनको टिप्पणी थियो ।