मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Saturday, 22 February, 2025
२o८१ फाल्गुण १० शनिबार १८:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद

साबिक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार १८:२६:oo

साबिक विजेता मच्छिन्द्र क्लब ७औँ संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिका–४ स्थित सहिद स्मृति रंगशालामा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा शनिबार जितत निकाल्दै मच्छिन्द्रले चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का गरेको छ ।

मच्छिन्द्रले चौथो संस्करणको विजेता टोली थ्री स्टार क्लबलाई ३–१ गोलले हराउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का गरेको हो । मछिन्द्रको जितमा शिशिर लेखी, समिराज थोकर, र विदेशी खेलाडी स्टेफेनले एक एक गोल गरे । 

यस्तै, थ्री स्टारका लागि विदेशी खेलाडी एलेक्स विलियम्सले एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने थ्री स्टारले बनाएको थियो । खेलको पहिलो हाफको ३७औँ मिनेटमा विदेशी खेलाडी एलेक्सको गोलबाट थ्री स्टारले अग्रता बनाएको थियो ।

तर, सम्हालिएर खेल्न नसक्दा थ्री स्टारले पहिलो हाफको ४२औँ मिनेट र दोस्रो हाफको छैठौं र ३७औं मिनेटमा गोल व्यहोर्न बाध्य भयो । खेलको म्यान अफ द म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । 

अब, विजेता टोलीले उपाधिका लागि सोमबार चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपिएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । 

सोमबार हुने फाइनल खेलको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।