मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Saturday, 22 February, 2025
२o८१ फाल्गुण १० शनिबार o८:२८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दक्षिण अफ्रिकाको फराकिलो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार o८:२८:oo

दक्षिण अफ्रिकाले आइसिसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । समूह ‘बी’मा जितका साथ दक्षिण अफ्रिकाले दुई अंक जोडेको छ । पाकिस्तानको कराँचीमा शुक्रबार दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गरी ५० ओभरमा ६ विकेट गुमाएर ३१५ रन बनाएको थियो । प्रत्युत्तरमा अफगानिस्तान ४३.३ ओभरमा २०८ रनमा अलआउट हुँदा दक्षिण अफ्रिका १०७ रनले विजयी भएको हो । 

दक्षिण अफ्रिकाका ओपनर रियान रिकेल्टनले शतकीय योगदान दिएका थिए । उनले १०६ बलमा १०३ रन जोडे । यसक्रममा उनले सात चौका र एक छक्का प्रहार गरेका थिए । दक्षिण अफ्रिकाको ब्याटिङ इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाए । कप्तान टेम्बा बभुमाले ७६ बलमा ५८ रन बनाए । यसैगरी, भान डे डुसानले आक्रामक ब्याटिङ गरी ४६ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ५२ रनको योगदान दिए । एडेन माक्रामले ३६ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५२ रन बनाए । 

दक्षिण अफ्रिकाका लागि रिकेल्टन र टेम्बाबिच दोस्रो विकेटका लागि १४२ बलमा १२९ रनको साझेदारी भएको थियो । यसैगरी, भान डे र रिकेल्टनले तेस्रो विकेटका लागि ४३ बलमा ४७ रन जोडेका थिए । डेभिड मिलर आक्रामले ३२ बलमा ५० रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले बलियो तीन सय रनको योगफल कटाएको हो । 

दक्षिण अफ्रिकाविरुद्ध रहमतको अर्धशतक
अफगानिस्तानको ब्याटिङमा मध्यक्रमका रहमत साहले मात्र अर्धशतकीय इनिङ्स खेलेका थिए । अफगानिस्तानको ब्याटिङमा आउने उनी अन्तिम खेलाडी बने । उनले ९२ बलमा नौ चौका र एक छक्का प्रहार गरी ९० रन बनाए । दक्षिण अफ्रिकाले कुनै पनि विकेटका लागि गतिलो साझेदारी बनाउन सकेन । बलिङमा कार्डिसो राडवाले ८.३ ओभरमा ३६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । लुन्गीले ५६ रनमा दुई र वाआनले ३६ रनमै समान दुई विकेट हात पारे ।