मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ७ बुधबार
  • Friday, 21 February, 2025
२o८१ फाल्गुण ७ बुधबार २३:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रकृतिको मृत्युले शोकमा भैरहवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ७ बुधबार २३:४o:oo

भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत  प्रकृति लम्सालको मृत्युले भैरहवा शोकमा डुबेको छ। उनको शव बुधबार नेपाल ल्याइएसँगै प्रकृतिको भैरहवास्थित घरमा परिवारलाई समवेदना प्रकट गर्न सयौं स्थानीय जम्मा भएका छन्। 

प्रकृतिको शव एम्बुलेन्समा राखेर बुधबार बेलुका ल्याइएको हो। बिहीबार उनको स्वर्गद्वारी घाटमा दाहसंस्कार गर्ने तयारी छ। 

कलेजकै एक छात्रको यातनाका कारण उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। ती युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

सो घटनापछि केआइआइटीमा अध्ययनरत अन्य नेपाली बिद्यार्थी समेत असुरक्षाका कारण नेपाल आएका छन्।