![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/crime-division2025-01-14-11-29-57.jpeg)
हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
चितवन रत्ननगर नगरपालिका– ८ घर भई काठमाडौं महानगरपालिका– १३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटकपटक मोबाइलमा सम्पर्क गरी नजिकिएर माग गरेअनुसारको रकम नदिए जबर्जस्ती करणी मुद्दामा फसाइदिन्छु भनेर धम्क्याउँदै आएको प्रहरीले जनाएको छ । प्रहरी तथा परिवारमा समेत भनिदिन्छु भनी धाक धम्की, डरत्रास देखाई पीडितसँग १० लाख लिने सहमति गरेकोमा तीन लाख रुपैयाँ रकम असुली गरिसकेको अनुसनधानमा खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले युवतीलाई काठमाडौं महानगरपालिका– १३ कुलेश्वरबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्दामा कारबाही अघि बढाएको छ।