मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २४ बिहीबार १५:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

अन्तरजातीय विवाह गर्ने नागरिक राज्यसंयन्त्रबाटै प्रताडित हुनुभन्दा लज्जास्पद के हुन सक्छ ? : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १५:११:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरजातीय विवाह गर्ने जोडीलाई राज्यबाट प्रताडित गर्ने काम लज्जास्पद भएको बताएका छन्। संसद्को बिहीबारको बैठकमा बोल्दै सरकारले दलितको हक कार्यान्वयनमा सरकारको रुचि नदेखिएको बताए ।

उनले भने, ‘आज यहाँ धेरै माननीय सदस्यज्यूहरूले गम्भीर रूपमा विषय उठाउनुभयो, अदालती विवाहको प्रमाण हुँदासमेत अन्तरजातीय विवाह गरेका नागरिकमाथि राज्यका संयन्त्र परिचालन गरी प्रताडित गर्ने काम भएको छ,  योभन्दा लज्जास्पद कुरा अरू के हुन सक्छ ?’ 

बिहीबारको संसद् बैठकमा अन्य सांसदहरूले पनि यो विषयमा गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका छन्।