Skip This
१० महिनामै टुट्यो गायिका एलिना चौहानको वैवाहिक सम्बन्ध, सम्पत्ति नलिई फास्ट ट्रयाकमा सम्बन्धविच्छेदको मुद्दा 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १८ शुक्रबार २३:५o:oo
Read Time : < 1 मिनेट
समाचार

१० महिनामै टुट्यो गायिका एलिना चौहानको वैवाहिक सम्बन्ध, सम्पत्ति नलिई फास्ट ट्रयाकमा सम्बन्धविच्छेदको मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार २३:५o:oo

गायिका एलिना चौहानको वैवाहिक सम्बन्ध १० महिनामै टुटेको छ । उनले पति विष्णु सापकोटाविरुद्ध शुक्रबार जिल्ला अदालत, काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा (फिरादपत्र) दर्ता गराएकी छिन् । 

गत ५ वैशाखमा उनको बाग्लुङ घर भई अस्ट्रेलिया बस्ने सापकोटासँग विवाह भएको थियो। केही महिनामै आफूहरूबिच सम्बन्ध राम्रो नभएको उनले फिरादपत्रमा उल्लेख गरेकी छिन् । आफ्नो चरित्रमाथि शंका गर्ने गरेको र त्यसले मानसिक कष्ट भई वैवाहिक सम्बन्ध अगाडि बढ्न नसक्ने भएकाले फिरादपत्र दायर गरिएको उनले उल्लेख गरेकी छिन् । 

अंश तथा माना–चामल नलिने गरी उनले फिरादपत्र दायर गरेकी हुन् । अंश नलिने गरी दायर भएको यस्तो सम्बन्धविच्छेदको मुद्दा छोटो समयमै फैसला हुने कानुन व्यवसायी बताउँछन् । एलिनाले ‘फास्ट ट्रयाक’मा सम्बन्धविच्छेदको मुद्दा किनारा लगाउन चाहेकी छिन्।