प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गरेका छन्।
‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानस् वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ नारासहित आयोजित कार्यशालामा वित्तीय अपराध अनुसन्धानका चुनौती, प्रमाण संकलन, विश्लेषण, अभियोजन र न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा प्रहरी महानिरीक्षकज्यूले वित्तीय अपराध नियन्त्रणका लागि आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान पद्धति तथा सम्बन्धित सरकारी निकाय, बैंक, वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।
सोही अवसरमा उनले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत लोकार्पण गरे।