मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २४ बिहीबार १५:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारलाई प्रचण्डको प्रश्न– भ्रष्टाचारका काण्डहरूको छानबिन कहाँ पुग्यो ? [भिडियाेसहित]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १५:५o:oo

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानबिन वर्तमान सरकारले अवरुद्ध पारेको भन्दै आपत्ति जनाएका छन्। 

प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले त्रिभुवन विश्वविद्यालय, ललितानिवास, बाँसबारी छालाजुत्ता कारखानाको जग्गा, नक्कली भुटानी शरणार्थीलगायतका प्रकरणको छानबिनबारे जवाफ माग गरेका हुन्।

‘अहिलेका प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ– प्रचण्ड र रविवाला सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउनुपर्‍याे,’ प्रचण्डले भने, ‘मेरो नेतृत्वको सरकार ढलेसँगै जनता प्रस्ट थियो, अब खोजिनेछैन, त्रिभुवन विश्वविद्यालयको जग्गा। अब रोकिनेछ, ललितानिवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया । अब अवरुद्ध हुनेछ, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान । अब खोजिनेछैनन्, अतिक्रमण गरिएका सरकारी जमिन। अब सामसुम हुनेछ, भुटानी शरणार्थी प्रकरण । त्यही भयो।’

सोही विन्दुबाट जनतामा कांग्रेस–एमाले गठबन्धनप्रति मोहभंग सुरु भएको प्रचण्डको भनाइ छ। पछिल्ला सात महिनामा सरकारले जनताको केही पनि आवाज नसुनेको उल्लेख गर्दै उनले आज जनता पनि सरकारलाई नसुन्ने ठाउँमा पुगेको दाबी गरे।

सरकारी जग्गा हिनामिनाका काण्डहरूको छानबिन कहाँ पुग्यो भन्ने प्रश्न गर्दै उनले थप भने, ‘अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारबाही कहाँ पुग्यो ? म दिन्छु उत्तर– मिलाइयो, चोख्याइयो, जोगाइयो । म सोध्छु, स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटको काण्ड के भयो ? उत्तर मै दिन्छु– धितोपत्र बोर्डमै मिलाइयो । तत्कालीन सेन्चुरी बैंकको अर्बाैँ ऋणको दुरुपयोगको छानबिन के भयो ? सामसुम पारियो। नक्कली भुटानी शरणार्थी काण्डमा बेचन झाको बयान के भयो ? पूरै नक्कली शरणार्थी काण्ड अब बेचन झामै सीमित भयो। बाँसबारी छालाजुत्ता कारखाना जग्गाको काण्ड के भयो ? त्यो पनि मिलाइयो, चोख्याइयो, जोगाइयो।’