इन्डेक्स एक्सचेन्जले आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर ल्याएको छ। इन्डेक्स एक्सचेन्जले रमदानको पावन महिनालाई विशेष बनाउन ‘शान–ए–रमदान’ सिजन ४ अन्तर्गत ‘यस बार, बुल्डोजरको वार’ भन्ने नारासहित विशेष योजना सुरु गरेको हो। यो योजना मार्च २९ सम्म लागू हुनेछ।
यस प्रवर्द्धनअन्तर्गत इन्डेक्स एक्सचेन्जको संयुक्त अरब इमिरेट्सभरि रहेका कुनै पनि शाखाबाट आफ्ना प्रियजनलाई पैसा पठाउने ग्राहकहरूले हरेक १० दिनमा भाग्यशाली चिट्ठामार्फत शानदार उपहार जित्ने मौका पाउने कम्पनीले जनाएको छ। उपहारमा चारवटा गाडी, सुन, नगद र नेपालमा घरसमेत समावेश छन्।
इन्डेक्स एक्सचेन्जले यस वर्षको अभियानमा बुल्डोजरलाई हिम्मत, साहस, आत्मविश्वास र शक्तिको प्रतीकका रूपमा प्रस्तुत गरेको छ। यस प्रवर्द्धनको मुख्य उद्देश्य विदेशमा संघर्ष गरिरहेका आप्रवासी श्रमिकहरूको मिहिनेतलाई सम्मान गर्नु रहेको कम्पनीले जनाएको छ।
यस प्रवर्द्धनमा सहभागी भई हरेक १० दिनमा हुने भाग्यशाली चिट्ठामार्फत आफ्नो भाग्य बदल्ने अवसर लिन सक्नेछन्। इन्डेक्स एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सैयेद अब्दुस सलामले संयुक्त अरब इमिरेट्समा रहेका सबै नेपाली समुदायलाई यस अभियानमा सहभागी हुन आह्वान गरेका छन्।
कम्पनीका प्रमुख व्यापार प्रबन्धक मिर के रसुलका अनुसार अघिल्लो प्रवर्द्धनमा एक नेपाली ग्राहकले नेपालमा घर जितेका थिए भने कैयौँले लाखौँ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए। यसबाहेक इन्डेक्स एक्सचेन्जले वित्तीय साक्षरता कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।
केही महिनाअघि ‘अब की बार, हुन्डी पे–वार’ भन्ने नारासहित संयुक्त अरब इमिरेट्सभरि अवैध विप्रेषण (हुन्डी) विरुद्ध सचेतना अभियान सञ्चालन गरिएको थियो। त्यसपछि, नेपाली समुदायलाई लक्षित गर्दै विन ए मिलियनको तेस्रो संस्करण ल्याइएको थियो, जसअन्तर्गत दश लाख नगद पुरस्कार र कैयौँ नेपाल जाने हवाई टिकट वितरण गरिएको इन्डेक्स एक्सचेन्जका प्रतिनिधि नवीन पौडेलले जानकारी दिए।