दाङबाट काठमाडौं आएका स्वर्गद्वारी गुठीपीडित मोही किसानले बिहीबार माइतीघर मण्डलामा सिटी फुकेर विरोध प्रदर्शन गरेका छन्।
सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले विरोध प्रदर्शन गरिरहेको छ।
दाङको घोराहीमा प्युठानस्थित स्वर्गद्वारी गुठीको एक हजार ५० बिघा जमिनमध्ये ७५३ बिघा जमिनमा मोही कायम भएको छ । सोही जग्गामा तीन पुस्तादेखि आश्रित किसान लालपुर्जा नहुँदा सुकुम्बासीसरह भएका छन् ।
लालपुर्जाकै कारण राज्यबाट प्रवाहित हुने न्यूनतम सुविधाबाट समेत वञ्चित हुनुपरेपछि मोही किसान संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।