मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
२o८१ माघ २४ बिहीबार १८:३o:oo
Read Time : > 1 मिनेट
खेलकुद

बैतडीको जितले अत्तरिया अन्तिम चारमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १८:३o:oo

दशरथ चन्द एकेडेमी बैतडीले क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौंलाई हराएपछि सिवाइसी अत्तरिया अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ बाट फ्रेन्ड्स क्लब डडेल्धुरा र डिसिए धनगढी यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

दशरथ चन्द एकेडेमीले क्रिकेट एक्सिलेन्सलाई १६ रनले पराजित गर्दै अन्तिम चारमा पुग्ने सम्भावना जिवितै राखेको छ । बैतडीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याएको काठमाडौं १९.४ ओभरमा एक सय ४४ रनमा समेटियो । काठमाडौंका राज शाहले ३७, दीपेन्द्र रावतले ३२, शुभ कंसाकारले २६ र कप्तान नन्दन यादवले २० रन जोडे पनि टिमलाई जिताउन सकेनन् । बैतडीका सालुहुद्धिन खानले पाँच तथा दिवान पुनले तीन विकेट लिए । 

फाप्ला मैदानमा टस जितेर ब्याटिङ गरेको बैतडीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । बैतडीका लागि दिवान पुनले ४३, बसन्त खत्रीले ३२ तथा अमर रौतेलाले २९ रन बनाए । काठमाडौंका दिपेन्द्र रावत र सूर्य तामाङले दुई÷दुई तथा नन्दन यादव, राज शाह र युनिश ठकुरीले एक एक विकेट लिए । समूह ‘बी’बाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो भने शुक्रबार हुने अत्तरिया र न्यू होराइजन बुटवलको खेलपछि लाग्ने छ । 

प्रतियोगितामा घोडाघोडी–११ सुखडले डडेल्धुराविरुद्ध एक विकेटको सान्त्वना जित हासिल गरेको छ । सुखडले एक सय २५ रनको विजय लक्ष्य १९.५ ओभमा नौ विकेट गुमाउँदै पूरा ग¥यो । सुखडको जितमा आयुव चन्दले ३३, योगेश भाटले २० तथा टेक रावत र कप्तान शेर मल्लले १८÷१८ रन बनाए । डडेल्धुराका हेमन्त धामीले तीन, अविशेक गौतमले दुई तथा कैलाश ऐर, कुशल भुर्तेल र गजेन्द्र बोहराले एक÷एक विकेट लिए । 

टस जितेर ब्याटिङ गरेको डडेल्धुराले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २४ रन बनाएको थियो । उसका विनोद भण्डारीले ५६ रन बनाए । त्यस्तै कुशल भुर्तेलले १३, आयुषमान बमले ११ तथा गजेन्द्र बोहराले १० रन जोडे । सुखडका नरेन साउदले चार विकेट लिए । त्यस्तै सुर्य श्रेष्ठले दुई तथा सञ्जय बोहरा र भुपेश जोशीले एक–एक विकेट लिए । खेलमा पराजित भए पनि डडेल्धुरा समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।