मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २४ बिहीबार १८:३९:oo
Read Time : < 1 मिनेट
समाचार

फुड सप्लिमेन्ट नियन्त्रण गर्न खोजेको भन्दै आपत्ति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १८:३९:oo

स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले आहारपुरक (फुडसप्लिमेन्ट) बजारीकरणमा नियन्त्रण गर्न खोजेको भन्दै नेपाल खाद्य, न्युट्रास्युटिकल तथा कस्मसयुटिकल संघ (फ्यानकन)ले आपत्ति जनाएको छ ।

विभागले फार्मेसीहरूमा न्युट्रास्युटिकल फुडसप्लिमेन्ट बिक्रीमा रोक लगाएको र बलमिच्याई गरेको संघका अध्यक्ष सुरेन्द्र मानन्धरले बताए । ‘हामीले उत्पादन र सप्लाई गर्ने फुडसप्लिमेन्ट औषधि पसलहरूमा पनि बिक्री गर्न पाउनुपर्छ भनेका छौं तर विभाग र मन्त्रालयले हामीलाई प्रतिशोधको भावनाले हेरेको छ, संसारमा अन्य कहीँ पनि यस्तो नियम छैन,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले बिक्रीवितरण गर्ने वस्तु पनि स्वास्थ्यसँग नै जोडिएको र अत्यावश्यक वस्तु हो ।’

उनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्युट्रास्युटिकललाई आहारपूरक सामग्रीका रुपमा दर्ता गरी बिक्री अनुमति दिएको छ । तर स्वास्थ्य मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभाग आर्थिक क्षति हुने र करोडौंको लगानी डुब्ने गरी नियन्त्रण गर्न लागेको भन्दै मानन्धरले आपत्ति जनाए । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता आहारपूरक न्युट्रास्युटिकल फुड सप्लिमेन्टलाई ‘आल्हार पूरक डायटरी सप्लिमेन्ट कार्यविधि ०७२’ मा समेटेको छ । जसअनुसार खाद्यले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै चेकजाँच गरी दर्ता गर्ने, आयात इजाजत दिने र नियमन गर्ने गरेको छ । हाल नेपालमा पनि फुडसप्लिमेन्टको आवश्यकता र माग बढ्दै गइरहेको उत्पादकहरु बताउँछन् । स्वास्थ्य मन्त्रालयले त्यस्ता फुडसप्लिमेन्टलाई भिटाभिनजन्य औषधिको रुपमा लिने गरेका कारण पनि विवाद बढेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले खाद्य विभागमा दर्ता गरेर फुडसप्लिमेन्टको नाममा औषधि बेच्न नपाइने बताए । ‘उहाँहरुलाई हामीले नियन्त्रण गर्न खोजेका होइनौं, तर खाद्यमा दर्ता भएर औषधी बेच्न पाइँदैन्,’ उनले भने ।