मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २४ बिहीबार १८:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद

न्यू भिजन क्लबको दोस्रो जित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १८:४३:oo

न्यू भिजन क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ। मूलपानी माथिल्लो क्रिकेट मैदानमा बिहीबार फरेभर क्रिकेट ब्वाइज क्लबलाई ५४ रनले पराजित गर्‍यो। 

न्यू भिजनले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याएको फरेभर १४।२ ओभरमा ६१ रनमै समेटियो। फरेभरका लागि जतिन थापाले १४, सचिन यादवले १२ र लक्ष्मण कार्कीले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। न्यू भिजनका लागि मोन्सन सिंहले पाँच तथा दीपेश शाह र शार्दुलसम भट्टले समान दुई विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्यू भिजनले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको थियो। न्यू भिजनका लागि सार्थक धितालले ४३ र सुमितध्वज चन्दले २१ रन बनाए। फेरेभरका लागि मुकेश चन्दले ६ तथा लक्ष्मण कार्की र पंकज पन्तले समान एक विकेट लिए।