मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
२o८१ माघ २४ बिहीबार १५:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

रवि लामिछानेको मुद्दामा बहस सकियो, आदेशको तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १५:३१:oo


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ। जिल्ला अदालत, चितवनमा दुवै पक्षको बहस सकिएको हो। बहस सकिएकाले आजै थुनछेक आदेश आउने अदालतले जनाएको छ। 

चितवनको सहारा चितवन सहकारीको बचत गोर्खा मिडियामा गएको र त्यही कम्पनीको तत्कालीन सञ्चालकको रूपमा लामिछानेलाई समेत प्रतिवादी बनाइएको छ ।

महान्यायाधिवक्ता कार्यालयले रविविरुद्ध बहस गर्न पर्सा, बारा र धादिङबाट समेत सरकारी वकिल खटाएको थियो।