मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ७ सोमबार
  • Tuesday, 21 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ७ सोमबार o६:४६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एमालेमै फर्किंदै वामदेव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ७ सोमबार o६:४६:oo

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पूर्वपार्टी एमालेमै फर्किने भएका छन् । आइतबार अभियान कार्यसमिति बैठकको निर्णय र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँगको निर्णायक छलफलपछि अन्ततः गौतम एमालेमै फर्किने निर्णयमा पुगेका हुन् ।

एकीकृत समाजवादीसँग एकता गर्ने उद्देश्यसहित वार्तामा रहेका गौतमले एमालेमै फर्किनका लागि जोड गर्दै आएका थिए । तर, प्रधानमन्त्री ओलीले छलफलका लागि नबोलाएको गुनासो गर्दै आएका उनी शुक्रबारको भेटवार्ता र आइतबारको छलफलपछि भने एमालेमै फर्किने तय भएको अभियानका सहसंयोजक डिबी कार्कीले बताए ।

‘प्रधानमन्त्रीले अब आफ्नो घर फर्किने हो, त्यसरी बसेर हुन्न, क–कसको के–के योग्यता, क्षमता छ फर्किएपछि सबै कुरा मिलाउँला भनेपछि वामदेव कमरेडसहित हामी बसेर एमालेमै समायोजित हुने, नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउँदै लैजाने निर्णय गरेका छौँ,’ कार्कीले नयाँ पत्रिकासँग भने, ‘अब उतै (एमाले)बाट कार्यक्रमको खबर आएपछि समायोजन भएर अगाडि बढ्छौँ ।’ उनले अभियानका तर्फबाट एमालेमै समायोजित हुने निर्णय भइसकेकाले प्रधानमन्त्री ओलीका तर्फबाट कार्यक्रम तय हुन मात्र बाँकी रहेको जानकारी पनि दिए । ‘हामी कार्यक्रमको प्रतीक्षामा छौँ, उताबाट खबर आएपछि कार्यक्रम हुन्छ,’ उनले भने ।