प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २५औँ वार्षिकोत्समा उनले ठुला–ठुला आयोजनाहरूमा लगानी गर्न आग्रह गरेका हुन् ।
‘तपाईंहरू लगानी गर्नुस् । अरूलाई ल्याउँदै खोला दिँदै गरिरहनुपर्दैन,’ उनले भने, ‘अपर अरुण अरूले पैसा नदिने भएर समस्या भएको हो ।’ उनले ऊर्जा उत्पादक निजी क्षेत्रलाई देशका लागि केही गरेको भन्दै आभारसमेत व्यक्त गरे ।