परराष्ट्रमन्त्री आरजु राणा देउवा आज थाइल्याण्ड जाने भएकी छिन्। व्यक्तिगत भ्रमणको क्रममा उनी थाइल्याण्ड जान लागेकी हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दिउँसो १.३० बजे उनी थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ । बैंककको एक अस्पतालमा उपचारका लागि उनी त्यसतर्फ जान लागेकी हुन्।