मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ५ शनिबार
  • Saturday, 18 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ५ शनिबार १२:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१९ महिला विश्वकप : बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ५ शनिबार १२:३o:oo

आईसीसी महिला यू–१९ टी–२० विश्वकपमा बंगलादेशले टस जितेर नेपालविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपाली टोली ब्याटिङका लागि मैदानमा उत्रँदैछ । दोस्रो संस्करणको यू–१९ टी ट्वेन्टी महिला विश्वकप आजदेखि मलेसियामा सुरू भएको हो । वाईएसडी–यूकेएम क्रिकेट ओभल, बांगीमा हुने यस खेलसँगै नेपाले विश्वकपमा डेब्यू समेत गर्दैछ ।

नेपाल र बंगलादेशको महिला यू–१९ टोली हालसम्म एक पटक मात्रै एक–अर्का विरुद्ध मैदानमा उत्रिएका छन् । यू–१९ महिला एसिया कप अन्तर्गत सुपर फोरको उक्त खेलमा नेपाल ९ विकेटले पराजित भएको थियो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको लक्ष्य बंगलादेशले ७ बल बाँकी रहँदै १ विकेट गुमाएर पूरा गरेको थियो । आज नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुने छ ।

विश्वकपमा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल सम्मिलित समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्याण्ड र ९ गते अस्ट्रेलिया विरुद्ध खेल्ने छ ।