मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ५ शनिबार
  • Saturday, 18 January, 2025
२o८१ माघ ५ शनिबार o८:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सल्यानबाट ३५ करोड सुन्तला निकासी हुने अनुमान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ५ शनिबार o८:o३:oo

सल्यानबाट यो वर्ष ३५ करोड रुपैयाँको सुन्तला निकासी हुने अनुमान गरिएको छ । गत वर्षभन्दा उत्पादन र बजार मूल्य राम्रो पाएकाले यो वर्ष सुन्तलाको निर्यात बढ्ने कृषि विकास कार्यालय, सल्यानले जनाएको छ ।

गत वर्ष २९ करोडको सुन्तला निकासी भएकोमा यो वर्ष १० देखि १५ प्रतिशतले उत्पादन बढ्ने अनुमान छ । उत्पादनमा वृद्धि आउनुका साथै क्षेत्रफलमा समेत वृद्धि भएकाले अनुमानित ३५ करोडबराबरको सुन्तला निर्यात हुने अनुमान गरिएको कृषि विकास कार्यालयका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले जानकारी दिए ।

‘सुन्तला सुदृृढीकरण अभियानसँगै बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि र अनुकूल वातावरण मिलेपछि गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ,’ उनले भने ।