मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ५ शनिबार
  • Saturday, 18 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ ५ शनिबार o७:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खो–खो विश्वकप : नेपालका पुरुष र महिला  दुवै टोली सेमिफाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ ५ शनिबार o७:१३:oo

खो–खो विश्वकपको अन्तिम चारमा स्थान पक्का गर्ने क्रममा क्वार्टरफाइनलमा नेपालको पुरुष टोलीले बंगलादेशलाई ६७–१८ र महिलाले इरानमाथि १०३–८ स्कोरले पाखा लगाए

नेपालका पुरुष तथा महिला टोली भारतको नयाँदिल्लीमा चलिरहेको खो–खो विश्वकप प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । शुक्रबार इन्दिरा गान्धी इन्डोर रंगशालामा पुरुषतर्फ भएको क्वार्टरफाइनलमा नेपालको पुरुष टोलीले बंगलादेशलाई ६७–१८ स्कोरले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । 

नेपालले अब फाइनल प्रवेशको खेलमा इरानको सामना गर्नेछ । इरानले अर्को सेमिफाइनलमा केन्यामाथि ८६–१८ को स्कोरमा हरायो । अर्को क्वार्टरफाइनलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डमाथि ५८–३८ को स्कोरमा पाखा लगाउँदै सेमिफाइनल स्थान पक्का गरेको छ ।

पुरुषतर्फको समूह ‘ए’मा नेपालले नौ अंक जोड्दै क्वार्टरफाइनल स्थान सुरक्षित गरेको थियो । नेपाल आयोजक भारतसँग मात्र पराजित भएको थियो । नेपालले भुटान, पेरु र ब्राजिललाई हराएको थियो । समूह चरणमा नेपालले पेरुविरुद्ध ८०–३४, ब्राजिलविरुद्ध १३४–८ र भुटानविरुद्ध ९८–८ को नतिजा निकाली जित हात पारेको थियो । 

महिलातर्फ भने नेपाल अहिलेसम्म अपराजित रहेको छ । नेपालले ऐतिहासिक रूपमा सेमिफाइनल स्थान सुरक्षित गर्ने क्रममा इरानलाई १०३–८ को फराकिलो अन्तरले हरायो । नेपाली महिला टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको हो ।

नेपाली महिला टोली समूह ‘सी’को विजेता बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले हराएको थियो ।