नेपाल चेम्बर अफ कमर्सले आइटी उद्योग विस्तारका लागि लगानी सहजीकरण गर्ने गर्ने भएको छ । सरकारले अध्यादेशमार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आइटी उद्योगमा लगानी एवं अन्तर्राष्ट्रिय बजारमा सहजीकरण गर्ने गरी रणनीतिक लक्ष्य तय गरेको हो ।
आइटी, सफ्टवेयर एन्ड टेक्नोलोजी समितिमार्फत चेम्बरले आइटी उद्योगमा लगानीको खोजी एवं उद्यमशीलता विकासका लागि पहल गर्ने अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए । अध्यक्ष अग्रवालले आर्थिक विकास र समृद्धिका लागि आइटी उद्योगको सम्भावना उच्च भएकाले लगानीका लागि सहजीकरण गर्न लागिएको जानकारी दिए ।