यो साता सुनको मूल्य प्रतितोला तीन हजार तीन सय रुपैयाँले बढेको छ । आइतबार तोलामा एक लाख ५० हजार दुई सय रुपैयाँमा किनबेच भएको सुन शुक्रबार एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।
सोमबार सुन तोलामा चार सयले घटेर एक लाख ५० हजार दुई सय रुपैयाँ पुगेको थियो । तेस्रो दिन मंगलबार थप एक हजार रुपैयाँले घट्यो । त्यसपछि बुधबार तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो । बिहीबार थप पाँच सय रुपैयाँले बढेको सुन शुक्रबार तोलामा दुई हजार रुपैयाँले बढेको छ ।